जनता टाइम्स

२७ भाद्र २०७६, शुक्रबार ०८:३०

वडाध्यक्षको गाडीमा आगजनी


कञ्चनपुर, भदौ २७

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का वडा अध्यक्ष जगतबहादुर सिंहको गाडीमा पहिचान नखुलेको समुहले आगजनी गरेको छ । सिंह चढ्ने गरेको बा २१ च ८५०७ नम्बरको नीजि कारमा गएराती अज्ञात समुहले आगजनी गरेको हो ।

आगजनी बाट कारको पछाडीको भाग जलेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक नैन बहादुर साउदले बताउनु भयो । आगजनी गर्नेको खोजी कार्य भैरहेको उहाले जानकारी दिनुभयो । वडा अध्यक्ष एवं नगर प्रवक्ता समेत रहनु भएका सिंहले आगजनीमा संलग्न केही व्यक्तिहरु माथि आशंका रहेको बताउनु भयो ।

नगरपालिकाको वडा नं ६ मा बस्दै आउनु भएका सिंहको गाडी पार्किङ गरेर राखेको अबस्थामा आगजनी गरिएको बताईएको छ। दुई महिना अघि मात्रै वडा अध्यक्षले गाडी खरिद गर्नुभएको थियो ।