रोल्पा, भदौ २७ । रोल्पाको थबाङ गाउँपालिका वडा नं २ छेर्लोबाङमा पहिरो पुरिएर ६ जनाको मृत्यु भएको छ । गए राति र आज बिहान परेको अविरल बर्षाका कारण पहिरो खस्दा घर पुरिएर ६ जनाको मृत्यु भएको हो ।
पहिरोले पुरिएर ज्यान गुमाउनेहरुमा थबाङ गाउँपालिका–२ छेर्लोबाङ झार्नेकी २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढा, श्रीकुमारीका ३८ वर्षीय जेठाज्यू जय बुढासहित बुढाका श्रीमती र दुई छोरी रहेका छन् । त्यस्तै बुढाका ३६ वर्षीया श्रीमती मूल ज्योति, ९ वर्षीया छोरी देवकी र २ वर्षीया छोरी करिश्माको पनि पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घरको माथिको शहीदमार्गको सडक भासिएर पहिरो खसेको हो ।
प्रतिक्रिया दिनुहोस्