यो खेतीमा नेकपा माओवादीका नेतृत्वदेखि बिघटनको संघारमै पुगिसकेको नेकपा एकीकृत समाजवादीका सवैजसो लागिपरेकै छन । नेकपा एमालेभित्र केपी ओली र विद्या भण्डारीले अगाडि बढाएका सवैजसो नेता–कार्यकर्तालाई कत्लेआम गरेर पार्टी कब्जा गर्ने चक्रब्यूहमा आफै पर्ने लगभग निश्चित भएपछि कुलेलम ठोकेका ती अवसरवादी र बिदेशीका भरियाहरुको गुलियोमा एमालेकै जिम्मेवार नेता–कार्यकर्ताहरु पनि भुलिरहेका छन ।
गणेश बस्नेत
नेकपा एमालभित्र यतिबेला एउटा बेमौसमी खेतीलाई मलजल गर्ने कोशिष भइरहेको छ । एमाले र यस्को नेतृत्वबिरुद्ध कुनै विषय नपाएपछि आन्तरिक जनवादमाथि रोक, अधिनायकवाद जस्ता फतुर लगाएर अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच फाटो ल्याउन सकिन्छ कि भनेर एएटा समुह लागिपरेको छ । अर्थात एमालेमा केपी ओली भर्सेस विद्या भण्डारी देखाउने खुवै प्रयाश भइरहेको छ यतिबेला ।
वडा, पालिका, जिल्ला र प्रदेशको अधिवेशनदेखि जनसंगठनको महाधिवेशनसम्म आइपुग्दा यो खेतीमा नेकपा एमालेकै केही जिम्मेवार नेताहरु पर्दा पछाडिबाट खेलिरहेको दृष्यहरु देखिएका छन । यो खेतीमा नेकपा माओवादीका नेतृत्वदेखि बिघटनको संघारमै पुगिसकेको नेकपा एकीकृत समाजवादीका सवैजसो लागिपरेकै छन । नेकपा एमालेभित्र केपी ओली र विद्या भण्डारीले अगाडि बढाएका सवैजसो नेता–कार्यकर्तालाई कत्लेआम गरेर पार्टी कब्जा गर्ने चक्रब्यूहमा आफै पर्ने लगभग निश्चित भएपछि कुलेलम ठोकेका ती अवसरवादी र बिदेशीका भरियाहरुको गुलियोमा एमालेकै जिम्मेवार नेता–कार्यकर्ताहरु पनि भुलिरहेका छन । उनीहरु जानेर होइन, नजानेर वा भ्रममा परेर यो खेतीमा मलजल गरिरहेको पाइन्छ । केपी ओली र बिद्या भण्डारीको बिषयमा केही नबुझेका यी झुण्ड दुई नेतालाई लडाउन पाए एकातिर लागेर फेरि आफ्नो अवसरको दोकान चलाउन सकिन्छ कि भन्ने अत्यन्तै निच मानसिकताबाट अगाडि बढेको देखिन्छ ।
केपी ओली र विद्या भण्डारीलाई नजिकबाट चिन्नेहरु पनि यो तमासालाई चुपचाप हेरेर बसेका छन । केपी ओलीलाई कुनै तनाव दिइएन वा इरिटेड बनाइएन भने सबैलाई छाँयामा पार्ने गरी देशको हितमा काम गर्छन भन्ने सत्यबोध भएका माधव नेपालदेखि प्रचण्डसम्म यतिबेला एमालेभित्र केपी र विद्याबीच लडाइ छ भनेर तलतलसम्म कार्यकर्ता पङ्तिलाई विभाजित गर्न सकिन्छ कि भनेर लागेका छन । ‘महामहिम एमालेको नेतृत्वमा आउने हो भने त हामी एमालेमा मिल्न तयार छौं । विभाजित कम्युनिष्ट आन्दोलन पनि एकीकृत हुन्छ । हाम्रो मुख्य लडाईं केपीसँग हो, जबज त हामी स्वीकार गरेकै हौ नि’ भन्ने प्रचण्डको अभिब्यक्ति यसैको प्रमाण हो ।
सत्यलाई स्वीकार गर्न नसके पनि नेपालका सवैजसो बामपन्थीको नाममा दोकान चलाएकाहरुले जनताको बहुदलीय जनवादलाई नै अनुशरण गरेका छन । जबजबाहेक अगाडि जाने बाटो देखिरहेका छैनन । अहिलेको यथार्थ के हो भने नेकपा एमालेबाहेकका बामपन्थी भनिएका दलहरुसँग न कुनै सिद्धान्त छ, न बिचार छ, न त नीति र अगाडि कहाँ पुग्ने ? भन्ने लक्ष्य नै छ । उनीहरु कुदिरहेका छन गन्तब्यहीन यात्रामा । गर्नसम्मको अपराध गर्ने, दोष अरुतिर थोपरी दिने मूल सिद्धान्त बनाएर हिडेका ती दलहरु केपी ओलीलाई चेक दिन सकिएन भने अब हामो दोकान सदाका लागि बन्द गराउँछ भन्ने त्रासमा छन् ।
प्रचण्ड र माधव नेपालमा सबैभन्दा बढ्ता त्रास देखिन्छ । त्यसैको परिणाम यी दुवै नेता र तिनका दलका नेतादेखि कार्यकर्तासम्मको मुख्य आफ्नो पार्टी बनाउनेभन्दा केपी ओलीलाई गाली गर्ने नै बनिरहेको देखिन्छ । नेकपा एमाले ठीक, जनताको बहुदलीय जनवाद सबैभन्दा उत्तम बिचार हो भन्ने कुरा स्वीकार गरेर एमाले पङ्तीलाई भडकाइरहेका छन, ‘केपी ओली हुँदासम्म आउन नदिने भए । नेतृत्वबाट केपी हटेपछि हामी सबै आउँछौं ।’ केपी ओली र विद्या भण्डारीसँग संगत गरेका, नजिकबाट नियालेकाहरुका लागि यो विषले काम गर्दैन तर आफ्नो फाइदाको लागि मात्रै केपी ओली र विद्या भण्डारीको नाम लिनेहरु प्रचण्ड र माधव नेपालको यो गुलियामा नभुल्ने कुरै भएन । त्यसैले उनीहरु त्यही चिनीको चास्नीमा डुबुल्की मारिरहेका हुनसक्छन ।
शितल निवासबाट बाहिरिएपछि पंक्तिकारको प्रश्न मा उहाँ स्वयंले एमाले अध्यक्ष केपी ओलीको प्रस्तावबिना पार्टी काममा नफर्कने भन्नुभएको छ, ‘एमाले नेतृत्वसँग सल्लाह नगरी कुनै कुरा हुन्न । पार्टी काममा फर्कने हो भने सवैभन्दा पहिला एमाले नेतृत्वबाटै प्रस्ताव आउनुपर्छ । नेतृत्वबाटै प्रस्ताव आयो भनेचाँहि म रेडी हुन्छु ।’ पार्टीले आवश्यकता महसुष गर्यो भने त उहाँ राष्ट्रपति निर्वाचित भएपछि नै उपाध्यक्ष पद त्याग्नुभएको हो, अध्यक्ष केपी ओलीकै प्रस्तावमा पार्टी नेतृत्वमा आउनु हुन्छ । केपी ओली र विद्या भण्डारीबीच फाटो ल्याउछु भन्नेहरुले यत्ति कुरा पनि किन नबुझेको ?
यतिबेला एमाले नेतादेखि कार्यकर्तासम्मको ध्यान सरकारलाई सफल अनि जनताको पक्षमा काम गराउनेतिर केन्द्रित हुनुपर्छ । विगतमा उठाइएका विकास निर्माणका कुरा, झुलाघाट चिवाभञ्ज्याङ मध्यपहाडी लोकमार्ग अभियानको क्रममा जनताबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लिएर जनसंख्याको असन्तुलनको अवस्था हटाई पाहाडमा बस्ती बसाउने भौतिक पूर्वाधारतिर काम गर्नुपर्छ । भ्रष्टाचार नियन्त्रण मात्र होइन, भ्रष्टाचारबिरुद्ध निर्मम बनेर अघि बढनुपर्छ । यी सबै काम गर्नका लागि आफू चाँहि बेदाग हुनैपर्छ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीदेखि सवै एमालेजनको ध्यान यो कुरामा केन्द्रित हुनुपर्छ । यही विषयमा बहश चलाउनु पर्छ । सरकारले काम गर्दा चुक्यो भने यो त गलत भयो भन्ने हिम्मत गरी सच्याउन लगाउनु पर्छ । भइरहेका र अघि बढाइएका विकास योजनालाई समयभित्रै सकाउने दृढ संकल्पतिर देशलाई होम्नुपर्छ । तर दुर्भाग्य नै भन्नुपर्छ, एमालेजनको ध्यान यतातिर छँदैछैन । छ त केवल मैले कसरी अवसर हत्याउने ? भन्नेमै देखिन्छ ।
पछिल्लो समय नेतृत्व पनि जो माग्न आयो त्यसैलाई दिने, योग्य, इमान्दार र सबैले रुचाएको भएपनि माग्न आएन किन दिने भन्ने सोचतिर लागेको हो कि भन्ने देखिन्छ । जसले अवसरवादीको खेतीलाई थप मौलाउन अवसर दिएको छ ।
माथि उल्लेखित सबै कामभन्दा ‘अबम के हुने ? पहिला त दिएका थिए बुढाले, अव त नदिने भए । केपी ओलीले त मलाई दिनै पो छाडे’ भन्दै मनमा कुण्ठा पालेर राजनीतिक आवरणको नाममा नेतादेखि कार्यकर्तासम्म बिभाजित गर्ने प्रयास भइरहेको छ । ती कलुसित मानसिकताको उपजलाई सिधै भन्न नसकेर कतिपयले लोकतान्त्रिक अभ्याशको आवरण दिएका छन् त कतिपयले जनवादको फेरो समातेका छन् ।
एमाले विरुद्ध अफवाह फैलाउनेहरुले केही नलागेपछि केपी ओली र विद्या भण्डारीबीच दुरी आउने जाल फ्याँके । त्यो जालले अफवाहकै रुप लियो । त्यसैको परिणाम हुनसक्छ– मलाई धेरै मित्रहरुले ‘के एमालेमा केपी ओली र विद्या भण्डारीबीच दुरी आएको हो ? उहाँहरु आमने–सामने हुनै लागेका हुन त ?’ भन्ने प्रश्न सोध्न थालेका छन । एमाले सकाउने मिसन मिलेरै बिफल बनाएका दुई नेताबीच नै फाटो आउने भयो कि भन्ने चिन्ता अधिकांशको प्रश्नभित्रै देखिन्छ । जुन स्वभाविक पनि हो ।
विरोधीले फैलाएको यो अफवाह चिर्न एमाले पङ्ती पनि लागेको देखिदैन । हुँदै नभएको कुरामा किन लाग्ने भन्ने सोचर बसेको छ । तर अब समय आयो–सत्य बोल्नुपर्छ, यो बेमौसमको बाजा बजाउने काम बन्द गराउनु पर्छ भन्ने कुरामा अव सबै एमालेजनको ध्यान जान जरुरी छ । आफ्नो प्रमुख प्रतिस्पर्धी पार्टी नेपाली कांग्रेससँग सत्ता सहकार्य गरेर सरकारको नेतृत्व गरिरहेको बेला सिंगो पार्टी पङ्ती एकजुट बनेर जनतामा छाएको चरम निराशा चिर्नतिर लाग्नुपर्छ ।
यसकारण उनीहरु त्यो अपराध जनतासम्म पुग्न नसकोस भनेर केपीले प्रतिशोध साँध्यो भन्ने प्रचारमा लागेका हुन । त्यसैले अब एमालेमा केपी विद्या आमने सामने हुने नै भए छ भन्दै अपराधकर्ममाथि छानविन हुन नदिने यो खेतीलाई सदाका लागि बन्द गराउन जरुरी छ । किनकि केपी ओली र विद्या भण्डारी आमने सामने हुने कुरै छैन । बालकोटमा नपाएर सिराएकाहरुलाई अनामनगरमा बोलाएर सम्झाइ–बुझाई पठाउने काम राष्ट्रपति हुनुअघिसम्मको नियमित कर्म थियो विद्या भण्डारीको ।
ती सबै नेकपा एमालेमा केपी ओलीलाई सघाएको नाटक गरेर लगातार अवसर पाउनेहरुकै झुण्ड छन् । पाउँदासम्म ‘केपी बा’ अब पाउदिन भनेपछि अन्तै चहार्नेहरूको यो खेती निकै मौलाइरहेको पाइन्छ वडादेखि केन्द्रसम्म । तिनीहरुको योजना पार्टी बनाउने, देश बनाउने, जनतामा रहेको निराशा चिर्नेतिर होइन, कसरी मैले अवसर हत्याउने भन्नेमै केन्द्रित रहेको देखिन्छ । सतहमा आएका बहश हेर्दा ‘साँच्चीकै एमाले नेतृत्व यतिधेरै निरंकुश बनेको हो त ?’ भन्ने प्रश्न उठेको छ । उठनै नपर्ने प्रश्न उठाउने काममा केपी ओलीको नाममा चुस्दा चुस्दा मोटाएर ढल्न लागेका किर्नाहरु नै योजनावद्ध रुपमा लागिरहेका छन । तिनलाई माओवादीदेखि राजावादीसम्मले लगानी गरिरहेका छन ।
कम्युनिष्ट सकाउन पर्यो भने लोभ देखाइदिए पुग्छ भन्ने कुरा माधव नेपालको पतञ्जली जग्गा प्रकरणको निर्णय र यही निर्णयको फाइल देखाएर प्रचण्डले नेकपा विभाजन गर्न आफूतिर लम्पसार बनाएको घटना हेर्दा पुग्छ । नेकपाकालिन समयमा प्रचण्डले बालुवाटार र पतञ्जली जग्गाकाण्ड देखाएरै माधवलाई केपी ओलीबिरुद्ध बनाएर आफ्नो पोल्टामा पार्नुभएको थियो । केपी ओलीले बालुवाटारको फाइल खोलेपछि ‘अब केपीले सकाउँछन, पतञ्जलीमा त यो भन्दा डरलाग्दो छ, तपाई बच्नै सक्नुुहुन्न’ भन्दै प्रचण्डले फाइल देखाउँदा माधवको अनुहार देख्नेहरु अहिले पनि खुमलटारतिरै छन ।
यसकारण उनीहरु त्यो अपराध जनतासम्म पुग्न नसकोस भनेर केपीले प्रतिशोध साँध्यो भन्ने प्रचारमा लागेका हुन । त्यसैले अव एमालेमा केपी बिद्या आमने सामने हुने नै भए छ भन्दै अपराधकर्ममाथि छानविन हुन नदिने यो खेतीलाई सदाका लागि बन्द गराउन जरुरी छ । किनकि केपी ओली र विद्या भण्डारी आमने सामने हुने कुरै छैन । बालकोटमा नपाएर सिराएकाहरुलाई अनामनगरमा बोलाएर सम्झाइ–बुझाई पठाउने काम राष्ट्रपति हुनुअघिसम्मको नियमित कर्म थियो विद्या भण्डारीको ।
एमालेबिरुद्ध अफवाह फैलाउनेहरुले केही नलागेपछि केपी ओली र विद्या भण्डारीबीच दुरी आउने जाल फ्याँके । त्यो जालले अफवाहकै रुप लियो । त्यसैको परिणाम हुनसक्छ– मलाई धेरै मित्रहरुले ‘के एमालेमा केपी ओली र बिद्या भण्डारीबीच दुरी आएको हो ? उहाँहरु आमने–सामने हुनै लागेका हुन त ?’ भन्ने प्रश्न सोध्न थालेका छन । एमाले सकाउने मिसन मिलेरै बिफल बनाएका दुई नेताबीच नै फाटो आउने भयो कि भन्ने चिन्ता अधिकांशको प्रश्नभित्रै देखिन्छ । जुन स्वभाविक पनि हो ।
‘पार्टीमै नेतृत्व गर्छु एकपटक, राष्ट्रपतिमा जान्न’ भन्दै माधव नेपाल र झलनाथ खनालको नाम प्रस्ताव गर्नुभएको थियो विद्या भण्डारीले पार्टीको बैठकमा । तर निर्णय उहाँलाई नै पठाउने भयो । राष्ट्रपतिका रुपमा शितल निवाशमा बिताउँदा कसैको कठपुतली नबनी देशको हितमा काम गरेर बेदाग अनि गर्विलो इतिहास कायम गरेर नेपालकी सच्चा छोरीका रुपमा नेपालीजनको मनमनमा छाउनु भयो ।
शितल निवासबाट बाहिरिएपछि पंक्तिकारको प्रश्न मा उहाँ स्वयंले एमाले अध्यक्ष केपी ओलीको प्रस्तावबिना पार्टी काममा नफर्कने भन्नुभएको छ, ‘एमाले नेतृत्वसँग सल्लाह नगरी कुनै कुरा हुन्न । पार्टी काममा फर्कने हो भने सबैभन्दा पहिला एमाले नेतृत्वबाटै प्रस्ताव आउनुपर्छ । नेतृत्वबाटै प्रस्ताव आयो भनेचाँहि म रेडी हुन्छु ।’ पार्टीले आवश्यकता महसुष गर्यो भने त उहाँ राष्ट्रपति निर्वाचित भएपछि नै उपाध्यक्ष पद त्याग्नुभएको हो, अध्यक्ष केपी ओलीकै प्रस्तावमा पार्टी नेतृत्वमा आउनु हुन्छ । केपी ओली र विद्या भण्डारीबीच फाटो ल्याउछु भन्नेहरुले यत्ति कुरा पनि किन नबुझेको ?
प्रतिक्रिया दिनुहोस्