काठमाडौं, मंसिर १७ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको समानुपातिक तर्फको बन्द सूचीमा रहेका व्यक्ति आसन्र राष्ट्रिय सभा सदस्य चुनावमा उम्मेवदार हुन नपाउने भएका छन।
निर्वाचन आयोगले आइतबार विज्ञप्ति निकालेर सो जानकारी दिएको हो । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० मा भएको व्यवस्था अनुसार सोही दफाहरुको उपदफा १ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामाबाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।
‘प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० मा भएको व्यवस्था अनुसार सोही दफाहरुको उपदफा १ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन नपाउने व्यहोरा समेत सम्बन्धित सबैलाई कार्यक्रम मार्फत आयोगले जानकारी गराएको छ,’ विज्ञप्तिमा लेखिएको छ ।
राष्ट्रिय सभा सदस्य चुनाव आगामी माघ ११ गते हुँदैछ । आयोगले चुनावका लागि तयारी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्