जनता टाइम्स

२३ मंसिर २०८०, शनिबार १६:१९

गृहमन्त्री श्रेष्ठलाई स्वास्थ्यलाभको कामना गर्न अस्पतालमा पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं, मंसिर २३ । पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।
पूर्वराष्ट्रपति भण्डारी आज गृहमन्त्री श्रेष्ठ उपचाररत शहीद गंगालाल नेश्नल हार्ट सेन्टर पुगेर स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले सो क्रममा मन्त्री श्रेष्ठसँग केहीबेर कुराकानी गर्नुका साथै चिकित्सकहरुसँग उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

गृहमन्त्री श्रेष्ठ छातीमा असहज महसुस भएपछि मंसिर १९ गते गंगालाल अस्पताल भर्ना भइ उपचाररत हुनुहुन्छ । अस्पतालमा उहाँको देब्रे नसाको एन्जियोप्लाष्ट गरिएको छ ।