जनता टाइम्स

५ पुष २०८०, बिहीबार २१:४१

सरकारको नेतृत्व परिवर्तन अपरिहार्य छ, गठबन्धनमा रहिरहे कांग्रेस सकिन्छ : शेखर कोइराला


बिराटनगर, पुस ५ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान गठबन्धनमा रहिरहे नेपाली कांग्रेस नै समाप्त हुने बताउनु भएको छ ।

गृहनगर विराटनगर विमानस्थलमा पत्रकारसँग आज कुरा गर्दै नेता कोइरालाले यस्तो बताउनु भएको हो । उहाँले आफ्नै दल सहभागी बर्तमान सरकारले जनतामा आशा जनगाउन नसकेको तथ्यसमेत खोल्नुभएको छ ।

कोइरालाले आर्थिक मन्दी हटाउन र जनतामा विश्वास जगाउन अहिलेको सरकार असफल भएको बताउनु भयो । जनतामा आशा जगाउन सरकारको नेतृत्व परिवर्तन अपरिहार्य रहेको पनि कोइरालाले बताउनु भयो । ‘जनतामा आशा जगाउन सरकारको नेतृत्व परिवर्तन अपरिहार्य छ,’ कोइरालाले भन्नुभयो ।

कोइरालाले राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्नु पर्ने बताउनुभयो । गठबन्धन दलसँग मिलेर चुनाव लड्दा कांग्रेस समाप्त हुने उहाँले बताउनु भयो । कोइरालाले राष्ट्रिय सभा निर्वाचनको तयारीका कारण नेपाली कांग्रेसको महासमिति बैठक सार्नुपरेको पनि बताउनुभयो ।