जनता टाइम्स

२९ पुष २०८०, आईतवार १९:२३

माधवलाई अर्काे झडका, नेकपा एस छाडेर एमालेमा समाहित भए तनहुँका अधिकांश नेता–कार्यकर्ता (सूचीसहित)


तनहुँ, पुस २९ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीबाट बिद्रोह गर्दै जिल्लाका ८४ जना नेता–कार्यकर्ताले नेकपा एमालेमा समाहित भएका छन ।

आज आयोजित एक कार्यक्रममा जिल्लाका नेता–कार्यकर्ताहरु एमालेमा समाहित भएका हुन । समाजबादीको तनहुँ जिल्ला सचिवालय सदस्य एवं शुक्लागण्डकी नगर कमिटी सचिब डिलबहादुर थापाको नेतृत्वमा समाजवादी पार्टी परित्याग गरी विभिन्न जिम्मेवारीमा रहेका ८७ जना नेता–कार्यकर्ताहरू एमालेमा समाहित हुनुभएको हो ।

यसरी एमालेमा समाहित हुनेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु शिवजी महत, मनकुमार श्रेष्ठ, बेलबहादुर अधिकारीसहित हुनुहुन्छ ।समाहित भएका नेता–कार्यकर्तालाई एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङसहितका नेताहरुले पार्टीमा स्वागत गर्नुभयो ।

एमालेमा समाहित भएका नेताहरुले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी मुलुकका लागि आवश्यक नरहेको तथ्य आफूहरुले बुझेको कारण एमालेमै समाहित भएको बताउनु भयो ।