काठमाडौं, फागुन २ । जिल्ला अदालत काठमाडौंका अधिकृत सहकर्मीमाथि बलात्कारको आरोपमा पक्राउ परेका छन ।
बलात्कार आरोपमा ललितपुर प्रहरीले जिल्ला अदालत काठमाडौंका अधिकृत गोपाल गजमेरलाई पक्राउ गरेको हो । गजमेरविरुद्ध माघ २८ गते बलात्कारको जाहेरी दर्ता भएको थियो ।
उजुरीलगत्तै सोही दिन गजमेरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गजमेरले उच्च अदालत पाटनमा कार्यरत रहँदा बलात्कार गरेको सहकर्मी कर्मचारीले उजुरी दिएको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार ती महिला कर्मचारीले गजमेरविरुद्ध बलात्कारको आरोप लगाएकी छन । जाहेरवाला महिलाले २०७७ सालदेखि गजमेरसँग चिनजान रहेको र अन्तिम पटक गत साउनमा आफू बलात्कारमा परेको उजुरीमा उल्लेख गरेकी छन ।
प्रतिक्रिया दिनुहोस्