जनता टाइम्स

१६ फाल्गुन २०८०, बुधबार ०८:२१

आजदेखि २२ गतेसम्म काठमाडौंका यी स्थानमा हुन्छ विद्युत् सेवा अवरुद्ध (सूचीसहित)


काठमाडौं, फागुन १६ । काठमाडौंका महाराजगञ्जदेखि लाजिम्पाट क्षेत्रमा आजदेखि फागुन २२ गतेसम्म बिद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो । प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् लाइन अवरुद्ध हुने भएको हो ।

आज  बालुवाटार फिडरबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुनेछ । जसअनुसार महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा आज विद्युत् सेवा उपलब्ध हुने छैन ।प्राधिकरणका अनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने छ ।