जनता टाइम्स

१९ असार २०८२, बिहीबार १०:५१

खाँदबारीमा १५ श्ययाको नगर अस्पताल सञ्चालनमा


खाँदबारी (सङ्खुवासभा), १९ असार।  खाँदबारी नगरपालिका–३, मानेभञ्ज्याङमा १५ श्ययाको खाँदबारी नगर अस्पताल सञ्चालनमा आएको छ ।

पांमा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी खाँदबारी नगरपालिकाले ‘एक स्थानीय तह, एक अस्पताल’ नीति कार्यान्वयन गरेको हो । नगर अस्पताल भवन रु तीन करोड ७३ लाख ५१ हजारको लागतमा सम्पन्न भएसँगै बुधबारदेखि अस्पतालले सेवा सञ्चालन गरेको हो ।

कोशी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री राजेन्द्र कार्की, नगरप्रमुख महेश थपलिया, प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेललगायत स्थानीय विशिष्ट व्यक्तिले अस्पतालको उद्घाटन गर्नुभयो । पूर्वस्वास्थ्यमन्त्री कार्कीले अस्पतालका लागि आवश्यक सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगरप्रमुख महेश थपलियाले आगामी साउन महिनादेखि अस्पतालमा मेडिकल अधिकृतसहितका चिकित्सक राखी सेवा प्रवाह गरिने जानकारी दिनुभयो ।