काठमाडौं, फागुन १८ । नेकपा एमालेले किसानले सञ्चालन गरिरहेको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । बिगत केसी समयदेखि अखिल नेपाल किसान महासंघ, केन्दीय दुग्ध उत्पादक सहकारी संघको अगुवाईमा निरन्तर आन्दोलन भइरहेको छ ।
किसानको आन्दोलनमा सरकारले बेवास्था गरेपछि एमाले बागमतिले आज बिज्ञप्ति जारी गरी ऐक्यवद्धता जनाएको हो । उस्ले समयमै किसानलाई भुक्तानी गर्न पनि सरकारसँग माग गरेको छ ।
उपसचिव तथा प्रचार बिभाग प्रमुख भक्तकुमारी लामाले जारी गरेको बिज्ञप्तीमा यही फागुन २१ गते माइतीघर मण्डलामा हुन गइरहेको किसानको बृहत भेलामा सवै नेता कार्यकर्तालाई सहभागी हुन अपिल पनि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्