एमालेले उपाध्यक्ष बिष्णु पौडेलको ठाउँमा सचिव महासेठ र सांसद नरहेकी बिमला राईको सट्टा बलराम अधिकारीबाहेक सवै गत बर्ष मन्त्री बनेर छोटो समयमा हटनु परेकै अनुहारलाई पठाएको हो
गणेश बस्नेत/काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमालेले उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलबाहेक सवै पुरानै अनुहार पठाएको छ ।
मन्त्रालय बाँडफाँटमा माओवादीको सहयोगी दलको हैसियतमा चित्त बुझाएको एमालेले पौडेलको ठाउँमा सचिव रघुबीर महासेठलाई नेतृत्व गरेर पठाएको छ । एमालेले सचिव महासेठ र कपिलबस्तुका बलराम अधिकारीबाहेक सवै गत बर्ष मन्त्री बनेर छोटो समयमा हटनु परेकै अनुहारलाई पठाएको हो ।
सरकारको नेतृत्वकर्ता रघुवीरलाई भौतिक पूर्वाधार मन्त्रालयमा पठाइनेछ । पहिला पाएको मन्त्रालयमा भने पुरानै अनुहार पठाइनेछ । एमालेले यसअघि पनि दाहाल नेतृत्वको सरकारमा मन्त्री बनेका भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी शाह, दामोदार भण्डारी, हरिप्रसाद उप्रेतीलाई पुनः सरकारमा पठाउने भएको हो । विमला राई पौड्यालको ठाउँमा कपिलवस्तु १ बाट निर्वाचित बलराम अधिकारीलाई पठाउने निर्णय भएको छ । यसअघि गत पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाएर जाँदा एमालेको भागमा ८ वटा मन्त्रालय परेको थियो ।
त्यस बेलामा एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा पठाएको थियो । पौडेलले उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको जिम्मेवारी लिनुभएको थियो । यस्तै कृषि तथा पशुपन्छी विकासमा ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा राजेन्द्रकुमार राई, परराष्ट्रमा विमला राई पौड्याल, स्वास्थ्य तथा जनसंख्यामा पदम गिरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा भगवती चौधरी र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेतीलाई पठाएको थियो।
तर, प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा पुग्दा एमाले नेतृत्वको गठबन्धन छाडेर कांग्रेसतिर ढल्किएपछि दुई महिनामै सरकारबाट बाहिरिएको थियो । अहिले फेरि त्यही गठबन्धन ब्युँताउन सफल भएपछि त्यसबेलाकै मन्त्रीलाई निरन्त्रता दिइएको हो ।
त्यस बेलामा अर्थमन्त्रीको जिम्मेवारी लिएर सरकारमा जानुएका उपाध्यक्ष पौडेलले भने अहिले सरकारमा जान इच्छा नदेखाउनु भएको हो । त्यसबेला स्वास्थ्यमन्त्री रहनुभएका पदम गिरी अहिले सरकारमा बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिइसक्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्