जनता टाइम्स

२८ फाल्गुन २०८०, सोमबार २३:५०

एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा तेब्बर मतले भण्डारी निर्वाचित, बेपत्ता भए नेताले छानेका ८० प्रतिनिधि


काठमाडौं, फागुन २८ । नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा प्रमोद भण्डारी निर्वाचित हुनुभएको छ ।

सोमबार सम्पन्न निर्वाचन परिणामअनुसार भण्डारी प्रतिस्पर्धी दिवस कार्की भन्दा तेब्बर बढी मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । निर्वाचन परिणामअनुसार भण्डारीले २ सय ७८ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी कार्कीले ६८ मत मात्रै पाउनु भएको छ ।

त्यस्तै उपाध्यक्षमा दिलीप श्रेष्ठ १ सय ८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उपाध्यक्षका अर्का प्रतिस्पर्धी अर्जुन श्रेष्ठले १ सय ५८ मत पाउनु भएको छ । महिला उपाध्यक्षमा भने अम्बिका बोहरा सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा निरञ्जन तिमिल्सिना र उपसचिवमा सरस्वती केसी पनि सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

कोषाध्यक्षमा नवराज पाण्डे २ सय ६३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । कोषाध्यक्षका अर्का प्रतिस्पर्धी विशाल श्रेष्ठले ८० मत मात्र पाउनु भएको छ । कूल ४ सय ३४ प्रतिनिधि रहेको सम्पर्क मञ्चको निर्वाचनमा ३ सय ५४ प्रतिनिधिले मतदान गरेका थिए । पार्टी काममा कतै नभेटिए पनि नेताको तोकमा प्रतिनिधि बनेर आएका ८० जना भने बन्द शत्रदेखि निर्वाचन प्रक्रियासम्म कतै उपस्थित नभई घुमघाम गरेर समय बिताए ।

पार्टी कामभन्दा अन्तै रमाउनेलाई नेताले तोक लगाएर प्रतिनिधि बनाइदिएको कारण उनीहरु मतदानमै नआएका हुन । मतदान नगर्नेहरु अधिकांश रामेछापका नेता निकट र केन्द्रीय कार्यालयमा नेताहरुसँग फोटो खिचाएर पोस्ट्याउनेहरु छन ।