जनता टाइम्स

११ चैत्र २०८०, आईतवार २०:११

होलीमा आपत्तिजनक हर्कत गर्ने ९२ जना बिग्रिएका छोराछोरी उपत्यकाबाट पक्राउ


काठमाडौं, चैत ११ । रंगहरुको पर्व होलीमा आपत्तिजनक हर्कत गर्ने ९२ जना बिग्रिएका छोराछोरीलाई प्रहरीले पक्राउ गरेको छ ।

पर्व मनाउँदा पनि अन्यमाथि धावा बोल्ने, अश्लिल हर्कत गर्ने र अबान्छित क्रियाकलाप गर्ने ती महिला र पुरुषहरुलाई आज प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार होली मनाउने क्रममा आपत्तिजनक काम गर्ने ८३ पुरुष र ९ महिला काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ परेकाहरूलाई अवस्था हेरेर आजै परिवारको जिम्मा लगाइने र केहीको हकमा मुद्दासमेत दायर हुने प्रहरीले जनाएको छ ।

त्यसैगरी काठमाडौंबाट मादक पदार्थ सेवन गरेर चलाइएका २९५ वटा २ पांग्रे सवारी (मोटरसाइक/स्कुटर) र ७ वटा ४ पांग्रे सवारी गरी ३०२ थान सवारी साधन नियन्त्रणमा लिइएको छ ।

होलीलाई सुरक्षित बनाउन भन्दै प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको थियो । ट्राफिक चेकिङदेखि सादा पोशाकमा प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको थियो । सोही क्रममा हनैनिक हर्कत गर्न पक्राउ गरिएको हो ।