काठमाडौं, असोज १० । पूर्वराज्यमन्त्री नविन बिश्वकर्मा जेल चलान भएका छन । नेत्रविक्रम चन्द, विप्लव समुहका उपत्यका ब्यूरो इन्चार्ज तथा पूर्वराज्यमन्त्री विश्वकर्मा पूर्पक्षका लागि जेल चलान भएका हुन । जिल्ला अदालत ललितपुरले विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि नख्खु कारागार पठाइएको प्रहरीले जनाएको छ ।
विश्वकर्मा गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि बम विस्फोट गराएको आरोपमा पक्राउ परेका थिए । बम विस्फोटमा एक जनाको मृत्यु भएको थियो । प्रहरीले विश्वकर्माविरुद्ध कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध, ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको छ ।
प्रतिक्रिया दिनुहोस्