जनता टाइम्स

१ असार २०८१, शनिबार १०:३०

अव बिहान ४ बजे नै खुल्छ पशुपतिनाथ मन्दिरका चार वटै ढोका


काठमाडौं, असार १ । आजदेखि पशुपतिनाथ मन्दिरका चार वटै ढोका बिहान ४ बजे नै खोलिएको छ ।

पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथ दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको हो ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार अव पशुपतिमा बिहान ४ बजेदेखि नै चारै वटा ढोका खोलिने छ । यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८ः३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिने गरिएको थियो ।

अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९ः३० बजेदेखि ११ः३० सम्म खुला गरिँदै आएको थियो । आजदेखि भने चार वटै ढोका बिहान ४ बजे नै खोलिने अधिकारीले जानकारी दिनुभयो ।

महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो । दर्शनार्थीलाई सुविधा दिन आजबाट बिहान ४ बजे नै चार वटै ढोका खोलिएको हो ।