जनता टाइम्स

१७ असार २०८१, सोमबार १८:०२

यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो लाग्दैन : ओली


काठमाडौं, १७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो नलागेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि संसद भवन बाहिर पत्रकारहरुको प्रश्नको जवाफ दिदै ओली यस्तो जवाफ दिनुभएको हो । प्रधानमन्त्रीको शपथ कहिले लिनुहुन्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले भन्नुभयो,‘यस वर्ष त त्यस्तो लाग्दैन मलाई । यो वर्ष बन्छुजस्तो लाग्दैन् ।’

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस–एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ ।