जनता टाइम्स

२३ असार २०८२, सोमबार २२:३५

एमालेसँगकाे सहकार्य २०८४ सम्म जान्छ, राष्ट्रिय सभामा बहुमत पुगेपछि संविधान संशाेधन हुन्छ : शेरबहादुर देउवा 


काठमाडौं, २३ असार । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेसँगको सहकार्य आगामी २०८४ सालसम्म कायम रहने स्पष्ट पार्नु भएकाे छ।

सोमबार पार्टीको केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै देउवाले उक्त सहकार्यलाई राजनीतिक स्थायित्वका लागि आवश्यक रणनीति भएको बताउनुभयाे । ‘हामीले एमालेसँग गरेको सहकार्य ८४ सम्मै जान्छ’, ओलीले भन्नुभयाे ।

संविधान संशोधनको पक्षमा प्रतिनिधिसभामा बहुमत पुगिए पनि राष्ट्रियसभामा दुई-तिहाइ समर्थन जुट्न नसकेपछि प्रक्रिया अगाडि बढ्न नसकेको उहाँले बताउनुभयाे ।    देउवाले संविधान संशोधन आवश्यक भए पनि संसद्को गणितले अवरोध गरेको गुनासो गर्नुभयाे । ‘संविधान संशोधनका लागि राष्ट्रियसभामा बहुमत पुगेन’, उहाँले भन्नुभयाे ।

कांग्रेस र एमालेबीच पछिल्ला देखिएको सहकार्य र समझदारी संविधान संशोधन, राजनीतिक स्थायित्व, सरकार सञ्चालन र नीति निर्माणमा केन्द्रित रहेको देउवाको भनाइ छ ।  देउवाले एमालेसँगको सहकार्य राजनीतिक बाध्यता र राष्ट्रहितको समझदारी भएकाे बताउनुभयाे ।

बैठकमा संविधान संशोधनको प्राथमिकता, समसामयिक राजनीतिक परिस्थिति, सरकारको कार्यसम्पादन, कांग्रेसको संगठन विस्तार, आगामी निर्वाचन रणनीति लगायतका विषयमा छलफल भएको थियो।