जनता टाइम्स

३० असार २०८१, आईतवार १९:४६

२० करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ


काठमाडौं, ३० असार । काठमाडौंको ठमेलबाट करिब ६ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौंको ठमेलस्थित होटलमा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध कोकिन जस्तो देखिने ५ केजी ८२० ग्रामसहित मलेसियाकी महिलालाई पक्राउ गरेको हो ।

सो लागूऔषध करिब २० करोड ३७ लाख बराबरको रहेको प्रहरीले बताएको छ ।