काठमाडौं, साउन ८ । युट्युवरको आवरणमा मानव बेचबिखनको धन्दा सञ्चालन गरेको तथ्य खुलेको छ । नेपाल प्रहरले मानव बेचबिखनको अभियोगमा एक जना युट्युबरलाई पक्राउ गरेपछि यो तथ्य खुलेको हो ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोले युट्युवर २० वर्षीय कुशल खरेललाई पक्राउ गरेको हो । खरेलले आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई होटलमा वेटरको काम लगाइदिने प्रलोभन देखाएर ग्राहकहरूसँग बस्न लगाएको प्रहरी अनुसन्धानमा देखिएको छ ।
प्रहरीका अनुसार जडिबुटीमा सञ्चालित सिन्धुली होटल ढिँडो सर्भिस एन्ड गेस्ट हाउसमा काम लगाइदिने भन्दै खरेलले बालिकाहरूलाई शारीरिक शोषण गर्ने गरेको पाइएको छ । युट्युवर खरेल आफैंले पनि बालिकाहरूलाई शारीरिक शोषण गर्दै आएको पीडितहरूले बताएका छन ।
प्रहरीले उक्त होटलबाट अस्थायी साधन, प्रेगनेन्सी टेस्ट किट, गर्भ निरोधक औषधिसमेत फेला पारेको छ ।
प्रतिक्रिया दिनुहोस्