जनता टाइम्स

१० श्रावण २०८१, बिहीबार १५:५३

टेकू अस्पतालबाट भागेको २ बिरामीमा हैजा पुष्टि, आपुर्ती भएको पानीमै दिसाजन्य किटाणु रहेको खुलासा


काठमाडौं, साउन १० । उपचारको क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भागेका दुई बिरामीमा हैजाको संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले हैजा आशंका लागेर परीक्षण गरी उपचाररत दुई जनामा हैजा पुष्टि भएको बताउनु भयो ।

ललितपुर गोदावरी नगरपालिकास्थित ठैबको एक सुधार गृहमा रहेका १६ वर्षीय एक किशोरमा सोमबार हैजा पुष्टि भएको थियो । त्यसपछि सुधार गृहमा झाडापखाला लागेका शंकास्पद बिरामीलाई टेकू तीन युवकलाई ल्याइएको थियो । गृहका २१, २८ र ५५ वर्षका पुरुषलाई वार्डमा भर्ना गरिएको थियो । उनीहरु अस्पतालको शौचालयको झ्यालबाट भागेका थिए ।

डाक्टर पौडेलले ‘तीन जनामध्ये दुई जना २१ र ५५ वर्षका पुरुषमा हैजा संक्रमण पुष्टि भएको हो । उहाँले सुधार केन्द्रका सोमबार ल्याइएका अर्को युवकमा पनि पुष्टि भएको बताउनु भयो । ती युवकको मिर्गौलामा समस्या आएपछि थप उपचारका लागि पाटन अस्पताल रेफर गरेको थियो ।  चिकित्सकका अनुसार त्यहाँ आपूर्ति हुँदै आएको पानीमा दिसाजन्य किटाणु भेटिएको छ ।