सेभिया (स्पेन) १७ असार । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गत अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठक स्पेनको सेभियामा बसेको छ । उक्त बैठकको अध्यक्षता नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको छ । ओलीले मंगलबार अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षतासहित उद्घाटन मन्तव्य दिँदै हुनुहुन्छ । त्यसपछि स्पेन सरकारका अध्यक्ष पेद्रो सान्चेजद्वारा आयोजना गरिने ‘वैश्विक ऐक्यबद्धतामा लगानी स् विकास सहयोगको नयाँ दृष्टिकोण’ शीर्षकको उच्चस्तरीय कार्यक्रमलाई पनि ओलीले सम्बोधन गर्ने तालिका छ।
स्पेनमा अल्पविकसित मुलुकहरूको बैठक : अध्यक्षता गर्नुभयो प्रधानमन्त्री ओलीले

प्रतिक्रिया दिनुहोस्