काठमाडौं, २३ साउन । रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको दर्ता नम्बर ९ एन–एजेडी हेलिकप्टर बेपत्ता भएको छ ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्नेस्थानपछि सम्पर्कमा नआएको बताइएको छ ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले शिवपुरी–७ सूर्य चउर एरियामा हेलिकप्टर देखिएको जानकारी स्थानीयलेगरे पछि अहिले प्रहरी सो स्थानमा गईरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्