काठमाडौं, साउन २५ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ ।
पार्टीको छवीमा गम्भीर आँच पुर्याउनुका साथै संबिधानबिरोधी हर्कत गरेको कारण मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । जनमतका प्रवक्ता शरदसिंह यादवले मुख्यमन्त्री सिंहसँग स्पष्टिकरण सोध्ने निर्णय भएको पुष्टि गर्नुभयो ।
मुख्यमन्त्री सिंहमाथि मन्त्रालय बाँडफाँट र राज्यमन्त्रीहरु थप गर्दा पार्टीसँग समन्वय नगरी २० सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको आरोप छ । मन्त्री संख्या बढाएको तथा सरकारको कामभन्दा अनावश्यक उद्घाटनहरुमा समय खर्चिएको र पार्टीले दिएको निर्देशन बेवास्ता गरेको आरोप समेत मुख्यमन्त्री सिंहमाथि छ ।
यस्तै बजेट बनाउने क्रममा सांसदहरुलाई ५ करोड दिने भनेर विवादास्पद अभिव्यक्ति दिएर पार्टीको छविमा आँच पुर्याएकाले पनि मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधिएको प्रवक्ता यादवले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्