जनता टाइम्स

१ कार्तिक २०७६, शुक्रबार १३:३२

एनआरएनएको अध्यक्षमा पन्त १४७ मतान्तरले विजयी, यस्तो छ उम्मेद्धारले पाएको अन्तिम मत परिणाम


काठमाडौं, कात्तिक १

गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त १२१७ मतका साथ विजयी हुनु भएको छ । एनआरएनएको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनले पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । निर्वाचन समितिका अनुसार अधिकाशं पदमा पन्त समुहकै पदाधिकारी विजयी हुनु भएको छ ।

पन्तले अर्का प्रतिष्पर्धी कुल आचार्यलाई १४७ मतले पराजित गर्नुभएको हो । कांग्रेसको समर्थनमा अध्यक्षमा उम्मेद्धारी दिनु भएका भनिएका आचार्यको पक्षमा १०७० मत खसेको थियो । यसैगरी महासचिवमा पन्त प्यानलकै डा. हेमराज शर्मा विजयी हुनु भएको छ । उहाले ११३९ मत प्राप्त गर्दा उहाका निकटम प्रतिद्धन्दी जानकी गुरुङले १०५३ मत प्राप्त गर्नुभयो ।

अध्यक्ष
कुमार पन्त–१२१७ (विजयी), कुल आचार्य १०७०
उपाध्यक्ष
डा. बद्री केसी (११६३ मत), अर्जुनकुमार श्रेष्ठ (१०२६ मत), मन केसी (९६१ मत) र सोनाम लामा (८९८ मत) निर्वाचित
महिला उपाध्यक्ष
रविना थापा १ हजार २ सय ३२ मत
महासचिव
डा। हेमराज शर्मा १ हजार १ सय ३९ मत
सचिव
गौरीराज जोशी ९ सय १६ मत, आरके शर्मा ८ सय ६८ मत
कोषाध्यक्ष
महेशकुमार श्रेष्ठ १ हजार ६ सय ५३ मत
सह–कोषाध्यक्ष
लोकप्रसाद दाहाल१ हजार १ सय ८४ मत
महिला संयोजक
भोमादेवी लिम्बु ७ सय २ मत
युवा संयोजक
हिमाल गुरुङ ७ सय ६८ मत

मतको अन्तिम परिणाम यसप्रकार रहेको छ ।