जनता टाइम्स

२३ आश्विन २०८१, बुधबार १५:०८

गायक गुरुङको योगदानको कदर गर्दै राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना


भोजपुर, असोज २३ । कोशी प्रदेश राज्यमन्त्री सिजना राईले एक लाख रुपैयाँ राशीको अक्षयकोष स्थापना गर्नुभएको छ । राज्यमन्त्री राईले पाँचधारे कला साहित्य केन्द्रमा ‘वीरेन्द्र गुरुङ स्मृति’ अक्षयकोष स्थापना गर्नुभएको हो ।

आफ्नो जीवनकालमा गायक गुरुङले साङ्गीतिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप अक्षयकोष स्थापना गरेको राज्यमन्त्री राईले बताउनु भयो । ‘गुरुङले साङ्गीतिक क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु भएको छ । यस्ता व्यक्तिलाई समाजले कदर गर्न अवश्यक छ,’ राज्यमन्त्री राईले भन्नुभयो ।