जनता टाइम्स

१० मंसिर २०८१, सोमबार १८:४८

गौरीशंकरमा एमालेप्रतिको आकर्षण ह्वात्तै बढ्यो : धमाधम माओवादी त्यागेर उमा शेर्पा जिताउने अभियानमा लागे युवादेखि बृद्धबृद्धा


एमालेप्रतिको आकर्षण ह्वात्तै बढनु र माओवादीका आशलाग्दा नेता नै माओवादी फटाहहरुको अखडा बन्यो भन्दै धमाधम छाडेर उमा शेर्पा जिताउने काममा लागेपछि स्थानीय कार्यकर्ता अताल्लिएका छन । उनीहरु हत्तेरिका बिशाल कमरेड !, माओवादी त खत्तमै हुने भयो भन्दै सधैभरी जनतालाई भोट हाल्न नदिइएको वडा नम्बर १ र २ जुँगूमा यसपटक पनि बुथ कब्जाको योजना बनाउन भनिरहेका छन ।

दोलखा, मंसीर १० । उत्तरी छिमेकी मुलुक चीनसँग सीमा जोडिएको अनि स्रोत साधनले भरिपुर्ण गौरीशंकर गाउँपालिका यतिबेला राजनीतिक सरगर्मी निकै तातेको छ ।

उपाध्यक्षका लागि यही मंसीर १६ गते हुन लागेको उपनिर्वाचनको मिति नजिकिँदै गर्दा प्रमुख राजनीतिक दलसहित स्वतन्त्र उम्मेदवारसमेत मतदाताको घरदैलोमा पुगेर मत माग्न जुटेपछि राजनीतिक महोल एकाएक तातेको छ ।

कुल ९ वटा वठा र १५ हजार मतदाता रहेको गौरीशंकरमा उपाध्यक्षको निर्वाचनलाई नेकपा एमाले, नेपाली कांगेस र नेकपा माओवादी केन्द्रले प्रतिष्ठाको लडाई बनाएको छ । सोही कारण तीनवटै दलका नेताहरु अहिले पालिका केन्द्रित भएका छन । राजनैतिक दलहरु उम्मेदवारसहित घरदैलो अभियानमा मतदाताहरु भेट्न व्यस्त रहेका छन । गौरीशंकरको उपाध्यक्ष पदको लागि सात राजनैतिक दलसहित १६ जनाले उम्मेदवारी दिएको उम्मेदवारहरु मतदाताहरुको टोल वस्तीमा पुगेर मत माग्न व्यस्त छन ।

चुनावी चहलपहल व्यापक रुपमा भइरहेको गौरीशंकर गाउँपालिकामा पछिल्लो समय एमालेप्रति मतदाता तथा युवाहरुको आकर्षण ह्वात्तै बढेको छ । हरेक दिनवसो माओवादी त्यागेर प्रवेश गर्ने युवाको संख्या पनि बढेको छ । गौरीशंकरमा पालिकाको नेतृत्व गरेको माओवादीले स्थानीय स्रोत साधनमाथि आँख लगाएर दोहन गरेको तथ्य खुलेपछि युवादेखि बृद्धबृद्धासम्म सो पार्टी छाडेर एमालेमा प्रवेश गरिरहेका छन ।

एमालेले चुनावमा युवा उम्मेदवार उमा शेर्पा मगरलाई उपाध्यक्षको उम्मेदवार वनाएको छ । स्रोत साधनले सम्पन्न जिल्लाकै उत्तरी क्षेत्र गौरीशंकर गाउँपालिका नेकपाएमालेको नेतृत्वविना विकास सम्भव नभएको भन्दै घरदैलो अभियान तथा विभिन्न कार्यक्रममा गौरीशंकरका युवाहरु दैनिक रुपमा एमाले प्रवेश गरिरहेका हुन । एमाले गौरीशंकर गाउँपालिकाले चुनावी अभियानसंगै विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने युवाहरुलाई स्वागत गरिरहेको छ ।

गत स्थानीय तहको निर्वाचनमा माओवादी, काङग्रेस र समाजवादीको गठवन्धनसंग झिनो मतअन्तरले पराजय भएको र पालिकाको पहिलो शक्ति भएकाले एमाले उम्मेदवार विजयी हुने निश्चित रहेको एमाले दोलखाका सचिवालय सदस्य तथा पालिका इन्चार्ज जंगबहादुर गुरुङले बताउनु भयो । निर्वाचित जनप्रतिनिधीहरुको पछिल्लो कार्यशैलीका कारण पनि मतदाता एमाले नै चाहिन्छ भन्ने निश्कर्षमा पुगेको उहाँको निश्कर्ष छ ।

अन्यदल संग नागरिकहरु असन्तुष्ट बढदै गएको र नेकपा एमालेको नेतृत्वविना पालिकाको विकास संभव नभएको भन्दै एमालेप्रति युवाहरुको आकर्षण वढदै गएको निर्वाचन परिचालन समितीका संयोजक तथा जिल्ला सचिव स्वयमबहादुर खड्काले बताउनुभयो ।

विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने युवाहरुलाई पोलिटव्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले स्वागत गर्नुभएको छ । गौरीशंकर स्थायी ठेगाना भई काठमाडौं वस्ने युवाहरुलाई काठमाडौंमा पार्टी प्रवेश गराएको थियो भने पालिका कमिटीले केही दिन अघि सुरीमा आयोजना गरेको सभामा झयाकू, खारे सुरी चंखुका करिव ५० युवाहरुलाई पार्टीमा पोलिटव्युरो सदस्यपार्वत गुरुङले स्वागत गर्नुभएको संयोजक खड्काले बताउनुभयो ।

एमालेप्रतिको आकर्षण ह्वात्तै बढनु र माओवादीका आशलाग्दा नेता नै माओवादी फटाहहरुको अखडा बन्यो भन्दै धमाधम छाडेर उमा शेर्पा जिताउने काममा लागेपछि स्थानीय कार्यकर्ता अताल्लिएका छन । उनीहरु हत्तेरिका बिशाल कमरेड (बिशाल खडका), माओवादी त खत्तमै हुने भयो भन्दै सधैभरी जनतालाई भोट हाल्न नदिइएको वडा नम्बर १ र २ जुँगूमा यसपटक पनि बुथ कब्जाको योजना बनाउन भनिरहेका छन ।