जनता टाइम्स

३० चैत्र २०८१, शनिबार २३:१०

एमाले सिरहाको अध्यक्षमा अशोक यादव चयन, यस्तो छ पदाधिकारी टीम


सिरहा, चैत ३० । नेकपा एमाले सिरहाको ११औं अधिवेशनबाट अध्यक्षमा अशोक यादव निर्वाचित हुनुभएको छ ।

अधिवेशनको पाँचौं दिन शनिवार यादवको नेतृत्वमो सर्वसम्मत रुपमा १३५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो । अधिवेशनबाट उपाध्यक्षमा डा. नवीन यादव, सचिवमा प्रदीप महासेठ, उपसचिवमा शिवशंकर महतो र खेमलक्ष्मी श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा सर्वसम्मत यादव मधेश प्रदेशका पूर्वसांसद हुनुहुन्छ । उपाध्यक्ष निर्वाचित डा नवीन सिरहा नगरपालिकाका मेयर हुनुहुन्छ । यस्तै सहसचिव महतो धनगढीमाई नगरपालिकाका मेयर हुनुहुन्छ ।