जनता टाइम्स

७ बैशाख २०८२, आईतवार ०७:०३

निषेधित क्षेत्रमा बिहानैबाट बाक्लो संख्यामा प्रहरीको तैनाथी, उपत्यकास्थित गण–गुल्मसमेत परिचालित


काठमाडौं, ७ वैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई निषेधित क्षेत्र तोड्ने चुनौती दिएपछि प्रहरी परिचालन व्यापक बनाइने भएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार आइतबार बिहानैबाट निषेधित क्षेत्रको सुरक्षाका लागि प्रहरी तैनाथ हुँदैछन् ।

’उनीहरूले तयारी गरेको समयअघि नै हाम्रो टोली पुग्छ’, उहाँले भन्नुभयो । केन्द्रीय प्रहरी स्रोतका अनुसार राप्रपाको कार्यक्रमलाई दृष्टिगत गर्दै आइतबार निषेधित क्षेत्रमा उपत्यकास्थित विभिन्न गण, गुल्मबाट प्रहरी परिचालन गरिने भएको छ । उनीहरूसँग म्याद नगुज्रिएको अश्रुग्याँस, प्लाष्टिकका गोली र वाटर क्यानल रहने स्रोतले जनायो ।

प्रहरीको तैनाथीसँगै उपत्यका ट्राफिक प्रहरीले ट्राफिक डाइभर्सनको योजना बनाउने भएको छ । परिस्थिति हेरेर डाइभर्सन निर्धारण गरिने उपत्यका ट्राफिक प्रमुख एसएसपी विनोद घिमिरेले जानकारी दिनुभयो ।