जनता टाइम्स

१० बैशाख २०८२, बुधबार १७:३५

टर्कीमा शक्तिशाली भूकम्प


काठमाडौँ । टर्कीमा शक्तिशाली भूकम्प गएको छ । बुधबार टर्कीमा शक्तिशाली भूकम्प गएको हो । अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु मारमारा एरेग्लिसीबाट लगभग १४ माइल दक्षिणपूर्व र इस्तानबुलबाट ७० माइल पश्चिममा रहेको थियो बताइएको छ । भूकम्प पछिको भौतिक र मानवीय क्षतिबारे कुनै रिपोर्ट आइसकेको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार भूकम्पछि टर्कीमा त्रास फैलिएको छ भने अस्पतालहरूमा घाइते बिरामीहरूको चाप बढेको छ ।