काठमाडौं,११ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिमियामाथि रुसको अधिकार नमानेर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति प्रक्रियालाई अवरुद्ध पारेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले युद्ध अन्त्यको नजिक आइपुगेपछि जेलेन्स्कीले अमेरिकी प्रस्ताव अस्वीकार गर्नाले अन्य केही नगरेर युद्ध मात्र लम्ब्याएको आरोप लगाएका हुन्। ट्रम्प भन्दा अघि नै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सहमतिका लागि अमेरिकी योजना सार्वजनिक गरेका थिए। उनले यसको कुनै विकल्प नभएको बताएका छन्।
युक्रेनले सन् २०१४ मा रुसमा अवैध ढङ्गले लिएको त्रिमिया रुसलाई नदिने बताएको छ। भान्सले यो सहमतिको अर्थ दुवै देशले लिएका केही भूभाग एक आपसलाई दिनेगरी लगाउनुपर्ने बताए। त्रिमिया सहितको प्रस्ताव आएपछि जेलेन्स्कीले यसलाई अस्वीकार गरेका हुन्।
‘यो विषयमा कुनै कुरा गर्नु आवश्यक छैन। यो हाम्रो संविधान विपरीत छ’, जेलेन्स्कीले भने। यसपछि ट्रम्पले जेलेन्स्कीलाई फोन गरेर भड्काउने काम गरेको बताए पनि जेलेन्स्कीले आफू भावुक भएको सुनाए।
क्रिमिया रुसलाई दिने कुरा जेलेन्स्कीले भने झैँ संविधान मात्र बाधक छैन। अन्तर्राष्ट्रिय युद्ध नियमका अनुसार सीमा कुनै शक्तिको प्रभावमा परेर सारफेर हुँदैन।
उनले भावुक हुँदै सन् २०१८ मा अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले लेखेको पत्र सम्झाएका छन्। सो पत्रमा अमेरिकाले क्रिमियालाई रुसको हुने कुरा स्वीकार्य नहुने भनिएको थियो। ट्रम्प र जेलेन्स्की बीचको सम्बन्धमा आएको आरोह र अवरोहमा यो पछिल्लो ट्वीस्ट हो।
यसअघि फेब्रुअरी महिनामा ओभल अफिसमा जेलेन्स्की र ट्रम्पको बीचमा भनाभन नै भएको थियो। ट्रम्पले अझै पनि एकै दिनमा युद्ध अन्त्य हुने बताएका छन्।
अहिले दुवै जनाको प्रतिक्रिया आएपछि अमेरिकी प्रेस सेक्रेटरी क्यारोली लेभिटले अहिले राष्ट्रपति निराश नै भइसकेको बताएकी छिन्। उनले जेलेन्स्कीले गलत गरिरहेको बताएकी छिन्।
अमेरिकाले लन्डनमा रुस र युक्रेन बीचको युद्ध समाधानका लागि भएको वार्ताबाट पनि आफूलाई पछि राखेको छ।
प्रतिक्रिया दिनुहोस्