जनता टाइम्स

१७ बैशाख २०८२, बुधबार १६:३०

रेशम चौधरीलाई छुटाउन सर्वोच्चले प्रहरीलाई पठायो पत्र, अघिल्लो पत्र लेख्ने महिमानसिंह पक्राउ


काठमाडौं, १७ वैशाख। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी तत्कालै छुट्ने हुनुभएको छ । उहाँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको पत्र प्रहरीमा पुगेको छ । यसअघि सर्वोच्चको मुद्दा शाखाबाट रेशमलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत महिमानसिंह विष्टलाई पक्राउ गरेर हिरासतमा राखिएको छ । उहाँले आफूलाई हिंसामा मरेका मान्छेहरूको आत्माले पोलेकाले पत्र लेखेको बयान दिनुभएको छ ।