जनता टाइम्स

२६ बैशाख २०८२, शुक्रबार ०९:१७

भारत–पाकिस्तान तनाव : पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा


इस्लामाबाद, २६ वैशाख । पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पीएसएल) युएईमा सारिएको छ ।

भारत र पाकिस्तानबीच तनाव बढेपछि सुरक्षाको कारण देखाउँदै पीएसएलका बाँकी खेल युएई सारेको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ ।

भारतले रावलपिण्डीस्थित स्टेडियम नजिक ड्रोन आक्रमण गरेको भन्दै पीएसएलका खेलहरु रोकिएको थियो ।

जारी पीएसएलमा अब लिग चरणका चार खेल र प्लेअफका चार गरी ८ खेल खेल्न बाँकी रहेको छ ।