काठमाडौं, बैशाख २८ । भारतीय राजदूत नवीन श्रीवास्तवले जम्मू–काश्मिरस्थित पहलगाममा आतंकवादी हमलामा ज्यान गुमाउनु भएका सुदिप न्यौपानेका परिवारलाई भेटनुभएको छ ।
राजदूत श्रीवास्तव आइतबार मृतक न्यौपानेको बुटवलस्थित घरमा पुगेर परिवारसँग भेट गर्नुभएको हो । घर पुगेर उहाँले परिवारजनमा समवेदना प्रकट गर्नुभएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । भारतीय सरकारले आतंकवादीहरूविरूद्ध लड्ने र न्याय दिने पनि राजदूत श्रीवास्तवले प्रतिवद्धता जनाउनु भएको छ ।
‘उहाँले परिवारलाई आतंकवादविरूद्धको लडाई र पहलगाम आतंकवादी हमलाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन भारत सरकारको दृढ प्रतिबद्धता रहेकोबारे आश्वासन दिनुभएको छ,’ काठमाडौंस्थित भारतीय राजदूतावासले सामाजिक सञ्जाल एक्समार्फत भनेको छ ।
गत अप्रिल २२ मा सुदिप न्यौपाने परिवारसहित पहलगाममा घुम्न पुगेका थिए। आतंकवादी समूहले न्यौपानेसहित २६ जनाको हत्या गरेको थियो।
प्रतिक्रिया दिनुहोस्