प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रममा बिगतको भन्दा नयाँ कुरा के छन ? युवा पुस्ताको हौसला बढाउनेदेखि नागरिकमा छाएको निरासा चिर्न के कस्ता योजना अघि सारिएका छन ? यो कुरा थाह पाउन यी बुँदाहरुको अध्ययन जरुरी छ ।
काठमाडौं, बैशाख २९ । सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रतिनिधि सभामाबाट भारी बहुमतका साथ पारित भएको छ । आइतवार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएको प्रस्तावलाई सदनको भारी बहुमतले पारित गरेसँगै सरकार आगामी बर्षको बजेट निर्माणमा जुटेको छ ।
सरकारको नीति कार्यक्रम पारित भएसँगै के हुन त नयाँ र समृद्धि केन्द्रित योजना भन्नेमा आम पाठकको कौतुहता हुनसक्छ । यसैलाई आधार मानेर जनताटाइम्स डटकमले नीति कार्यक्रमका लागि अति आवश्यक कानून र नयाँ कार्यक्रमहरुबारे जानकारी गराउने प्रयत्न गरेका छौं । समृद्ध नेपाल : सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने गरी ल्याइएको नीति तथा कार्यक्रम युवालाई फोकस गरिएको छ ।
यस्तै पछिल्लो समय आम नागरिकको जीनव पद्धती बनेको प्रविधिको प्रयोग र युवा स्वाभिमान कायम गर्न पनि नीति कार्यक्रम केन्द्रित रहेको छ । प्रधानमन्त्री ओलीले सदनमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा नीति तथा कार्यक्रमले अघि सारेका खास बिशेषताबारे जानकारी गराउनु भएको छ । उहाँका अनुसार सरकारले अघि सारेका नयाँ नीतिहरू कार्यन्वयनका लागि विभिन्न ६ वटा ऐन आवश्यक रहेका छन ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले ल्याएका नयाँ नीति कार्यान्वयनका लागि वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक, संघीय निजामती सेवासम्बन्धी विधेयक, नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी वल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक, विद्यालय शिक्षा विधेयक, नेपाल हवाइ सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक आवश्यक रहेका छन ।
युवाहरुका लागि बिशेष योजना समेटिएका छन नीति तथा कार्यक्रममा । नीति कार्यक्रममा शिक्षा, सिप र उद्यमशीलतामा बिशेष ध्यान केन्द्रित गरिएको छ । पाठ्यक्रम, पढाउने तरिकामा सुधार गर्ने सिपमुलक तालिम दिने कुरामा केन्द्रित छ । कमाउँदै पढदै भन्ने हप्तामा २० घण्टा काम र न्यूनतम ज्यालाको कुरा अघि सारिएको छ । यस्तै आन्तरिक रोजगारी दशक मनाउने, स्टार्ट अप कर्जा बढाउने स्पष्ट योजना अघि सारिएको छ । उचित ज्याला सुनिश्चित गर्ने कुरा सहज पक्कै छैन तर न्यूनतम ज्याला र रोजगारीले बिद्यार्थीलाई आत्मनिर्भर बनाउने पक्कै सघाउने छ ।
आजका युवाका लागि प्रविधि पनि उत्तिकै महत्वपूर्ण छ । सार्वजनिक सेवालाई फेस लेस अर्थात कार्यालय नगइकन सेवा सुबिधा दिने कुरा निकै महत्वपूर्ण छ । नेपालको आफ्नै स्साटालाइट सुरु गर्ने महत्वाकांक्षी योजना पनि अघि सारिएको छ । मुलुकको सुरक्षाको डेटा सुरक्षित गर्न यो निकै महत्वपूर्ण रहेको छ । जसलाई सरकारले बिशेष ध्यान दिएको छ ।
यी हुन नीति कार्यक्रममा समेटिएका नयाँ कुरा
– वर्क इन प्रागेस होइन, वर्क कम्प्लिट नीति ।
– ब्यवसायको इकोसिष्टम र लगानी सुरक्षा गर्ने ।
– कृषिको ब्यावासायीकरण र उद्यमशीलता बिकाश ।
– कमाउँदै पढने नीति, हप्तामा २० घण्टा काम दिने ।
– स्नातकोत्तकर बिद्यार्थीलाई अनुसन्धान संस्था ।
– राष्ट्रिय गौरवका आयोजना समय तोकेर सम्पन्न गर्ने ।
– शिक्षा पद्धती प्रविधि र अनुसन्धान लक्षित बनाउने ।
– सवै बिकाश आयोजना पुनः प्राथमिकीकरण ।
– स्टार्टअप फोकस कार्यक्रम, जेन–जी पुस्ता केन्द्रित ।
– तीन तहका सरकारी सेवामा बिद्यार्थीलाई इन्टर्न ।
नीति कार्यक्रमका लागि आवश्यक विधेयक
– वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक ।
– संघीय निजामती सेवासम्बन्धी विधेयक ।
– नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी वल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक ।
– विद्यालय शिक्षा विधेयक ।
– नेपाल हवाइ सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक ।
– नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ।
प्रतिक्रिया दिनुहोस्