काठमाडौँ, ६ जेठ । नेपाल प्रहरीका ११ एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस भएका छन् ।
बढुवा समितिको मंगलबार बसेको बैठकले एसएसपी सुदर्शन प्रसाद कोइरालासहित ११ जनाको बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रहरी नियमालीअनुसार सम्बन्धित सबैको जानकारीका लागि सूचना समेत मंगलबार नै प्रकाशित गरिसकेको छ ।
सिफारिस हुनेमा कोइरालासहित, विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री (जीसी), दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दीपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेको बढुवा समितिका सदस्यसचिव दान बहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्