जनता टाइम्स

९ जेष्ठ २०८२, शुक्रबार १२:४०

दक्षिण पश्चिमी चीनमा पहिरो, चारको मृत्यु


बेइजिङ । चीनको दक्षिण पश्चिम गुइझोउ प्रान्तको ग्रामीण क्षेत्रमा पहिरो जाँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । भग्नावशेषमा अझै १७ जना पुरिएका छन् । बिहीबार चाङ्शी टाउनशिपमा दुई जनाको शव फेला परेको थियो भने नजिकैको क्विङयाङ गाउँमा दुई जनाको शव फेला परेको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएको छ ।

पहिरोपछि गुओवा टाउनशिपको धेरैजसो भाग बिजुलीविहीन भएको स्थानीय पत्रिकाले रिपोर्ट गरेको छ । रातभरि पानी परेको स्थानीय बासिन्दाले राज्य सञ्चालित सञ्चारमाध्यमलाई बताएका छन् । त्यस क्षेत्रको ड्रोन भिडियोमा पहाडको टुप्पोमा बुट्यानले भरिएका भिरालो क्षेत्रलाई चिर्दै खैरो माटो खसिरहेको देखिन्छ ।