यादब देवकोटा
राजनीतिलाई जनताको सेवा ठान्ने एक नेतृलाई समयकालले अर्कै पेशामा पुर्यो । केही दशक राजनीतिबाट टाढा रहनुभयो बिद्यार्थीका असल गुरुआमाका रुपमा । अर्थात अनेरास्वबियूकी पूर्वकेन्द्रीय सचिव बिद्या भट्टराई । २०७५ फागुन १५ गतेअघिसम्म विद्या भट्टराईलाई राजनीतिक नेता र उहाँका समकक्षी बाहेक अन्यले एउटा प्राध्यापकका रुपमा मात्र चिन्दथे । हुन पनि उहाँ तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीकी धर्मपत्नी हुनुहुन्थ्यो । बिद्यार्थी राजनीतिमा अग्रभागमा रहेर भुमिका निर्वाह गर्नुभएकी बिद्यादे परिवारका दुवै सदस्य होलटाइमर राजनीतिक कार्यकर्ता हुनुहुन्न भन्ने मान्यताका साथ यस्तो बाटो रोज्नुभएको थियो । यो निर्णयसँगै राजनीतिमा टाढा रहेर त्रिविमा प्राध्यापन पेशमा सक्रिय हुनुहुन्थ्यो बिद्या भट्टराई । आफ्ना पति मन्त्री भए पनि उहाँले आफ्नो काम छोड्नुभएन । कहिल्यै पतिको पदीय हैसियतको उन्माद पनि देखिएन उहाँमा । एउटी असल बुहारी, जीवनयात्रा रुपी रथको मजबुत पाङ्ग्रा, देवर–देवरानीहरुका स्नेही भाउजु अनि छोराहरुको ममतामयी माताका साथमा विद्यार्थीहरुका प्रिय अध्यापकका रुपमा उहाँले आफूलाई उभ्याइरहनुभयो, सामाजिक काममा सक्रिय भइरहनुभयो । आफ्नो ज्ञान र क्षमता देशभित्र र बाहिर बाँडिरहनुभयो ।
एउटी गृहिणी, सामाजिक अभियन्ता अनि अध्यापकका रुपमा सरल जीवनयापनका क्रममा अचानक देशको ढुकढुकी बनिरहेका, विकास र समृद्धिको अभियान छेडिरहेका, जस्तासुकै विवाद र आरोपहरुको डटेर सामना गर्दै आफ्नो लक्ष्यमा निरन्तर लम्किरहेका जीवनसाथी रवीन्द्र आफ्नो अभियानमा रहेकै बेला २०७५ साल फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि उहाँले चाल्नुभएको राजनीतिक अभियान र विकास तथा समृद्धिको यात्रालाई निरन्तरता दिने जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उहाँकै पत्नी विद्या भट्टराईलाई दिएको छ । पार्टीले दिएको जिम्मेवारी स्वीकार गर्दै उहाँले आज मात्रै कास्की–२ मा आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा उम्मेद्वारी दर्ता गर्नुभएको छ । धेरैलाई लाग्नसक्छ, विद्यालाई पतिको मृत्युपछि सहानुभूतिको भोट बटुल्न नेकपाले उम्मेदवार बनायो । तर यो पूर्णतः गलत हो । यदि त्यसो हुन्थ्यो भने उहाँको नाम कास्कीबाट एकल रुपमा सिफारिश हुने थिएन । उहाँको राजनीतिक यात्रा र उहाँले गर्नुभएको त्यागको कदर गर्दै पार्टीले उम्मेद्वार बनाएको हो ।
स्वर्गीय रवीन्द्र अधिकारीको विकास प्रेम, समृद्धिको खाका र उहाँले मुलुकको समृद्धिका लागि हिंड्नुभएको अविचलित यात्रालाई पछ्याउने सबभन्दा उपयुक्त पात्र विद्या नै भएकाले नै नेकपाले प्राध्यापन पेशाबाट राजीनामा गराएर उम्मेदवार बनाएको हो । तमाम कास्केली जनताको भावना पनि त्यही थियो । राजनीतिक रुपमा प्रतिस्पर्धा एउटा महत्वपूर्ण पाटो त छँदैछ तर विद्याको राजनीतिक चेत, उहाँको संघर्ष, उहाँमा रहेको ज्ञान अनि सरल जीवनशैलीले जो कोही प्रभावित हुन्छन् । विपक्षीले पनि सम्मान गर्ने छवी उहाँको छ ।
विद्या भट्टराई स्वर्गीय रवीन्द्र अधिकारीकी धर्मपत्नी भएर मात्र होइन, यो देशलाई आवश्यक पर्ने एउटा जनप्रतिनिधिमा हुनुपर्ने सबै क्षमता भएर नै उम्मेदवार बनाएको हो भन्नेमा कसैले विमती नराख्दा हुन्छ । उहाँको ज्ञान, क्षमता र कार्यशैली अनि नेतृत्व गर्नसक्ने क्षमता र जनतामा भिजेर काम गर्ने कुशलताले नै उहाँलाई यो जिम्मेवारी दिएको हो
२०२९ साल कार्तिक २९ गते काठमाडौंमा जन्मनुभएकी विद्या १२ वर्षको कलिलो उमेरमै राजनीतिमा होमिनुभएको थियो । विद्यार्थी राजनीतिमा उचाई चढ्दै गर्दा रवीन्द्र अधिकारीसंग विवाह गरेपछि सक्रिय राजनीतिबाट विश्राम लिएर घर–परिवारको जिम्मा लिंदै रवीन्द्रको राजनीतिक यात्रालाई सहज बनाइदिनुभयो उहाँले । आफ्ना पति रवीन्द्रको अकल्पनीय निधनपछि उहाँले आफूलाई राजनीतिमा सक्रिय बनाउनेबारे कुनै चासो राख्नुभएको थिएन । उहाँमा पदको आकांक्षा पनि थिएन । कसैले निर्वाचनका कुरा गरे आफूले केही निर्णय नगरेको बताउँदै आउनुभएको थियो । तर देशको विकास र समृद्धिका लागि आफ्ना पति स्वर्गीय रवीन्द्र अधिकारीले साँच्नुभएका सपना, बनाउनुभएका योजनाहरुलाई मूर्तरुप दिन ‘रवीन्द्र अधिकारी फाउण्डेशन’को अध्यक्ष बनेर समाज विकासको यात्रामा सघाउने घोषणा गर्नुभएको थियो । त्यसो त स्वर्गीय रविन्द्रको योजना निर्माणमा बिद्याको साथ रहिआएको थियो ।
राजनीतिक सक्रियता
विद्यालय अध्ययनकै क्रममा १२ वर्षको उमेरमै सक्रिय राजनीतिक कार्यक्रम र आन्दोलनमा सहभागी हुनुभएकी विद्या २०४२ सालमा पशुपति मित्र मावि चावहिल काठमाडौंमा ७ कक्षामा अध्ययनरत रहँदाकै अवस्थामा अनेरास्ववियुले आयोजना गरेको सरसफाई आन्दोलन हाजिरी जवाफ वक्तृत्वकला र वृक्षारोपण आदिमा सक्रिय हुनुहुन्थ्यो । २०४५ सालमा भारतले लगाएको नाकाबन्दी विरुद्धमा अनेरास्ववियुले आयोजना गरेको आन्दोलनका कार्यक्रमहरुमा विभिन्न स्कुलहरुमा विद्यार्थीलाई संगठित गर्ने अभियानमा लाग्दै आफ्नो राजनीतिक चेतलाई निखार्नुभएकी उहाँले २०४७ सालमा पद्मकन्या क्याम्पसको प्रारम्भिक कमिटीमा आबद्ध हुँदै सक्रिय रुपमा सहभागी हुनुभयो ।
२०४७ सालमा अखिल नेपाल महिला संघ जिल्ला समिति काठमाडौंको कोषाध्यक्षमा निर्वाचित उहाँले काठमाडौंका विभिन्न ठाउँहरुमा महिलालाई संगठित गर्न सक्रिय हुनुभयो । सोही साल जनसांस्कृतिक परिवारको सदस्य हुँदै नेकपा (एमाले) को संगठित सदस्य बन्नुभयो । २०४८ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्यको हैसियता पोखरामा सम्पन्न एघारौं राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषदमा निर्वाचित विद्या २०४८ मा १८ वर्षकै उमेर नेकपा (एमाले) वडा कमिटी सदस्य बन्नुभएको थियो । २०४९ मा पद्मकन्या क्याम्पस स्ववियुमा सभापतिमा उम्मेदवारी दिनुभयो भने २०५० सालमा अनेरास्ववियु महिला विभाग प्रमुखका रुपमा सक्रिय हुनुभयो ।
महिला र विद्यार्थी मोर्चामा सक्रिय रहँदाकै अवस्थामा उहाँ २०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिव बन्नुभयो । २०५६ मा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य र कार्यालय सचिव तथा २०५७ सालमा बुद्धिजीवी परिषदको सदस्यको जिम्मेवारी सम्हाल्नुभयो । २०५६ साल असार २६ गते उहाँले तत्कालीन विद्यार्थी नेता रवीन्द्र अधिकारीसंग जनवादी विवाह गर्नुभयो । त्यसपछि उहाँको जीवनले अर्को मोड लियो । सक्रिय राजनीतिबाट थोरै विश्राम लिएर परिवार, अध्ययन र अध्यापन पेशामा सक्रिय हुनुभयो । २०५८ मा कास्कीको पृथ्वी नारायण क्याम्पस, पोखराबाट प्राध्यापन पेशा सुरु गर्नुभयो । २०५९ सालदेखि आंशिक शिक्षकका रुपमा प्राध्यापन पेशा सुरु गर्दै विभिन्न अध्ययन र अनुसन्धानका कामहरुमा सहभागी हुनुभएकी उहाँले महिल विरुद्ध हुने घरेलु हिंसा, सुरक्षित मातृत्व, महिला नेतृत्व र विकास, अन्तर्रा्ष्ट्रिय महिला महासन्धि र नेपालको अवस्थाका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कार्यशालाहरुमा कार्यपत्र पेश गरेर आफ्नो बौद्धिकता प्रदर्शन गर्न सफल हुनुभयो ।
विद्या भट्टराई स्वर्गीय रवीन्द्र अधिकारीकी धर्मपत्नी भएर मात्र होइन, यो देशलाई आवश्यक पर्ने एउटा जनप्रतिनिधिमा हुनुपर्ने सबै क्षमता भएर नै उम्मेदवार बनाएको हो भन्नेमा कसैले विमती नराख्दा हुन्छ । उहाँको ज्ञान, क्षमता र कार्यशैली अनि नेतृत्व गर्नसक्ने क्षमता र जनतामा भिजेर काम गर्ने कुशलताले नै उहाँलाई यो जिम्मेवारी दिएको हो । उहाँको राजनीतिक पृष्ठभूमिका बारेमा अहिलेको अधिकांश नेता परिचित नै छन । यो पुस्तामा केही भ्रम हुनसक्ला तर उहाँले विद्यार्थी र महिला आन्दोलनमा निर्वाह गर्नुभएको भूमिका र सक्रियता नेकपाको इतिहासमा अमेट रुपमा रहेको छ । केही समय निस्क्रिय देखिए पनि उहाँमा प्रचूर राजनीतिक अनुभव रहेको छ । एउटा सवारी चालकले केही समय सवारी नचलाउँदैमा आप्नो ज्ञान बिर्सदैन भनेजस्तै विद्या अब आफ्नो राजनीतिक अनुभव र आफ्ना पति स्वर्गीय रवीन्द्रको सपना साकार पार्ने दृढ संकल्प बोकेर चुनावी मैदानमा उत्रनुभएको छ ।
आफ्ना पति स्वर्गीय रवीन्द्र अधिकारीको सपना पूरा गर्न उहाँकै पदचाप पछ्याउन अनि जनतामा परेको पीडामा मलहम लगाउन र जनतामा रहेको विकासको भोक मेटाउन । उहाँको बिजय कास्केली जनताको बिजय हुनेछ । साथसाथै रविन्द्र अधिकारीले अघि बढाउनु भएको समृद्धि र बिकाशको अभियानले निरन्तरता पाउनेछ । अर्थात बिद्याको बिजयमा समृद्ध कास्की जोडिएको छ
देशको राजनीतिक परिवर्तन होस् वा सामाजिक विकृति–विसंगती त्यसबिरुद्ध सद्धा सक्रिय रहने विद्यामा अनेरास्ववियु प्रारम्भिक कमिटी, जिल्ला कमिटी अंचल कमिटी हुँदै केन्द्रिय कमिटीमा काम गरेको अनुभव छ । प्राध्यापन पेशामै रहँदा २०६२/०६३ को आन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएकी उहाँ २०६४ मा नेकपा (एमाले केन्द्रिय) संघीय मामला विभाग सदस्य बन्नुभयो । त्यस्तै २०६२ देखि २०६४ सम्म उच्चशिक्षा पाठयक्रम निर्माण समितिको सदस्य तथा २०६६ मा नेकपा (एमाले) प्राध्यापक इलाका कमिटीमा सामुदायिक क्याम्पसका तर्फबाट प्रतिनिधित्व गर्दै उपाध्यक्ष बन्नुभयो । २०६७ देखि २०७० सम्म सार्क स्तरीय महिला सञ्जालमा वकालत गर्ने सामाजिक संस्था ‘वियोण्ड वेइजिङ कमिटी’मा कार्यक्रम सयोजकको रुपमा कार्यरत उहाँले २०७२ सालमा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमफिल गर्नुभयो । त्यसपछि त्रिविको खुल्ला सेवा आयोग परीक्षा पास गरी स्थायी रुपमा उपप्राध्यापक पदमा उत्तीर्ण हुनुभयो । त्यसयता उहाँ निरन्तर प्राध्यापन पेशामा सक्रिय हुनुहुन्छ ।
विद्या भट्टराईको उम्मेदवारी चयनमा पार्टीभित्र कुनै विमति नहुनु नै उहाँको राजनीतिक योग्यता र योगदानको कदर हो । उहाँले चाहनुभएको भए यसअघि नै लाभका पद लिन सक्नुहुन्थ्यो विद्यार्थी नेताका रुपमा उहाँले देखाएको सक्रियता र उहाँको योग्यताले कुनै पनि लाभको पद उहाँका लागि टाढा थिएन तर उहाँले त्यसलाई महत्व दिनुभएन । तर विधिको विडम्बना आज उहाँ त्यही राजनीतिक मैदानमा उभिनु परेको छ । आफ्ना पति स्वर्गीय रवीन्द्र अधिकारीको सपना पूरा गर्न उहाँकै पदचाप पछ्याउन अनि जनतामा परेको पीडामा मलहम लगाउन र जनतामा रहेको विकासको भोक मेटाउन । उहाँको बिजय कास्केली जनताको बिजय हुनेछ । साथसाथै रविन्द्र अधिकारीले अघि बढाउनु भएको समृद्धि र बिकाशको अभियानले निरन्तरता पाउनेछ । अर्थात बिद्याको बिजयमा समृद्ध कास्की जोडिएको छ ।
प्रतिक्रिया दिनुहोस्