काठमाडौं, जेठ २९ । बरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस हुनु भएको छ । सर्वाेच्च अदालतको न्यायाधीश नियुक्ति सिफारिशदेखि न्यायक्षेत्रको सुधारसम्मको काम गर्ने निकाय न्यायपरिषद सदस्यमा नेपाल सिफारिश हुनुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषदको सदस्यमा महेश नेपालको नाम सिफारिस गर्नुभएको हो । नेपालको संविधानको धारा १५३ अनुसार एकजना न्याय परिषद सदस्य प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ ।
यसअघि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त भएका रामप्रसाद भण्डारीको कार्यकाल यही असार ९ गतेबाट सकिने भएकाले नियमनासुर संसदीय सुनुवाइ प्रक्रियाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बिहीवार नै संसद सचिवालयमा पठाउने भएको छ ।
यसअघिका भण्डारीको पनि नियुक्तिका बेला प्रधानमन्त्री ओली नै हुनुहुन्थ्यो । न्याय परिषदमा यसअघि नै नेपाल बारको सिफारिसमा वरिष्ठ अधिवक्ता दामोदर खड्का सदस्य नियुक्त भइसक्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्