जनता टाइम्स

८ असार २०८२, आईतवार ०७:५५

बाफलको मेडल र स्टिकर गोदाममा आगलागी


काठमाडौँ, ८ असार । नागार्जुन नगरपालिका–३ बाफलस्थित मेडल तथा स्टिकर गोदाममा आगलागी भएको छ ।यो गोदाम राजेन्द्र उदासले सञ्चालन गरेका थिए । त्यहाँ आज बिहान ३ बजेर २० मिनेटमा आगलागी भएको हो । सशस्त्र प्रहरीसहित सुरक्षाकर्मीको टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको छ । नेपाली सेना र नेपाल प्रहरीको समेत सहयोगमा साढे एक घण्टापछि आगलागी नियन्त्रणमा आएको हो । आगो निभाउन बालाजु दमकल र जुद्द बारुण यन्त्रसहित सुरक्षाकर्मीको टोली खटिएको थियो । सशस्त्र प्रहरी बलको १८ नम्बर गण निलबाराहीबाट मात्र प्नहरी निरीक्षक नीरकुमार कार्कीको कमान्डमा ३५ जनाको टोली खटिएको थियो ।