जनता टाइम्स

८ असार २०८२, आईतवार १३:४९

एसीसी मेन्स यु–१६ इष्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालको विजयी सुरुवात 


काठमाडौं, ८ जेठ । प्रसिद्ध जैसीको अविजित अर्धशतकको मद्दतले नेपालले एसीसी मेन्स यु–१६ इष्ट जोन कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

आइतबार भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

१ सय ३९ रनको लक्ष्य पछ्याएको नेपालले ३३.३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्याे। ओपनर प्रसिद्ध जैसी ५५ रनमा अविजित रहे भने रौनक श्रीवास्तवले ४० रनको योगदान दिए ।

खेलमा सिंगापुरका आकाश तेजाले ३ विकेट लिए भने युवान पाण्डेले १ विकेट लिन सफल भए ।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा १ सय ३८ रनमा अलआउट भयो ।