जनता टाइम्स

१३ असार २०८२, शुक्रबार १०:२८

नुवाकोटमा बाढीले महिलालाई बगायो, खोजी कार्य जारी


काठमाडौं, १३ असार । गए रातिको अविरल वर्षाका कारण नुवाकोटको ककनी–१, भसिबुस्थित विमचना खोलामा आएको बाढीले एक महिलालाई बगाएको छ। बाढीमा परी ३२ वर्षीया कमला बलामी बेपत्ता भएको प्रहरीले जनाएको छ।

उहाँको खोजीका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरीको युएन तालिम शिक्षालय ककनी, नं १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेबाट ६५ जना उद्धारमा खटिएका छन्।

बाढीले तीनवटा गोठ बगाएको छ । बाढीले बगाएका अशोक बलामीलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्। उद्धार र खोजी कार्य अहिले पनि जारी रहेको छ ।