काठमाडौं, १३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको औपचारिक भ्रमणको साइत जुरेको छ। एक स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली आगामी साउन १४ गतेदेखि ४ दिने भारत भ्रमणमा जाने पक्का भएको छ। उहाँ १९ साउनमा स्वदेश फर्किने कार्यतालिका रहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा ओली त्यसतर्फ जान लाग्नुभएको हो । ओली भ्रमणका एजेन्डाहरु भने तय भइसकेका छैनन्। ‘आधिकारीक रुपमा मिति र एजेन्डा तय भइसकको छैन्।’ परराष्ट्र मन्त्रायल स्रोतले भन्यो, ‘तर अनौपचारिक रुपमा भने मिति तय भएको छ सम्भवत उक्त मितिमानै प्रधानमन्त्रीको भ्रमण हुने छ।’ अनौपचारिक रुपमा सोही मिति नै आधिकारिक हुनेगरी एजेन्डाहरू तय गर्ने काम भइरहेको परराष्ट्र स्रोतले बतायो।
प्रतिक्रिया दिनुहोस्