जनता टाइम्स

१६ असार २०८२, सोमबार ०७:१०

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै 


काठमाडौं, १६ असार। नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक आजबाट बस्दै छ।

बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा सुरु हुने कार्यक्रम रहेको छ।  का‌ंग्रेस केन्द्रीय समितिकाे बैठक करिब ९ महिनापछि बस्न लागेकाे हाे ।

बैठकमा सरकारको समीक्षा, भ्रातृ संस्थाहरूको कार्यकाल (म्याद) थप गर्ने सम्बन्धमा छलफल हुने जनाइएको छ। साथै, क्रियाशील सदस्यता वितरण तथा समसामयिक राजनीतिक विषयहरूमा समेत छलफल हुने बताइएकाे छ ।

बैठकमा पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूले आफ्नो-आफ्नो कार्यसम्पादन विवरण (रिपोर्ट कार्ड) प्रस्तुत गर्ने कार्यक्रमसमेत रहेको छ ।