जनता टाइम्स

१८ असार २०८२, बुधबार १४:३४

अलपत्र योजनाहरु सम्पन्न गरिने


काठमाडौँ, १८ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक मन्त्रालयले अलपत्र परेका योजनाहरुलाई सम्बोधन गर्ने गरी यो वर्ष पनि बजेट विनियोजन गरेको बताउनुभएको छ । आज राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले कतिपय पुल तथा बाटाहरु आदिभन्दा बढी बनिसकेका भए पनि अलपत्र अवस्थामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अलपत्र परेका योजनाहरुलाई सम्बोधन गर्न वर्ष पनि बजेट राखेका छौँ र आगामी वर्ष पनि राख्छौँ । पूर्ण रुपमा लगत सङ्कलन गरेर काम गर्छौं ।” मन्त्री दाहालले बजेट जनमैत्री बनाउन र उत्पादनसँग बजेटलाई जोड्ने कोसिस गरिरहेको बताउनुभयो ।

“पूर्वपश्मिचमा चार वटा राजमार्गहरु बनिसकेपछि त्यहाँ रोजगारी सिर्जना, व्यापारहरु बढ्दै जानेछन् । जसले गर्दा उत्पादन र आम्दानी बढ्नेछ ।” उहाँले बजेट सन्तुलनमा गत वर्षको टे«न्डभन्दा परिवर्तन गर्न नसकेको स्वीकार्नुभयो । उहाँले बजेट विनियोजन कसरी व्यवस्थित बनाएर जानेमा ध्यान दिनुपर्ने बताउनुभयो । मन्त्री दाहालले रु तीन करोडभन्दा तलका आयोजना विनियोजनको जवाफमा नियमित प्रकृतिका आयोजनामा भुक्तानी गर्न बाँकी रकम छुट्याइएको वा अध्ययनमा राखिएको बताउनुभयो ।