जनता टाइम्स

१८ असार २०८२, बुधबार १५:२०

निजामति विधेयकमा बदमासी गर्नेमाथि कडा कार्वाहीको पक्षमा उभियो राज्य ब्यवस्था समिति, संसदीय छानविन समिति गठन गर्न सभामुखलाई सिफारिश


काठमाडौं, असार १८ । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले संघीय निजामति बिद्येयकमा भएको बदमासीबारे संसदीय छानविन गर्नुपर्ने ठहरसहित संसदीय छानविन समिति गठन गर्नुपर्ने निर्णय गरेको छ ।

मुख्यसचिव र सामान्य प्रकाशसन मनलयका सचिवसहित आज भएको निकै लामो र गरमागरम बहशपछि समितिले संसदीय छानविन समिति गठन गर्नुपर्ने निर्णयसहित सभामुख देवराज घिमिरेलाई सिफारिश गरेको छ । आजको बैठकमा सांसदहरुले निकै आक्रोश पोखेका थिए ।

सांसदको आक्रोशको क्रममा सभापति र सदस्यबीच भनाभनदेखि सचिव, मुख्यसचिव र सांसदहरुबीच पनि चर्कै बिवाद भएको थियो ।