जनता टाइम्स

२० असार २०८२, शुक्रबार १५:३४

कर्णाली राजमार्गमा ठूला गाडी सञ्चालनमा रोक


काठमाडौं, २० असार । कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका वडा नम्बर ६ गोठीभीरमा सडक भत्किएपछि प्रहरीले ठूला गाडी सञ्चालनमा रोक लगाएको छ ।
बिहान सडक भत्किएकाले ठूला गाडी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएकाले सजगता अपनाउन अनुरोध गरेको कालीकोटका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले बताउनुभयो ।