काठमाडौं, मंसिर ५
नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको पद तथा गोपनीयताको सपथ आज विहान हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा विहान ११ बजे सपथको समय तय भएको बताइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई सपथ गराउनु हुनेछ । संविधान अनुसार मन्त्रीहरुको सपथ राष्ट्रपतिले गराउने व्यवस्था छ । मन्त्रीले सपथ लिए लगत्तै प्रधानमन्त्रीले राज्यमन्त्रीलाई सपथ गराउने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो राति ६ मन्त्री र ३ राज्यमन्त्रीलाई नियुक्त गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले रामेश्वर राय यादव श्रम रोजगार तथा सामाजिक सुरक्षा, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकास र पार्वत गुरुङ महिला बालबालिका तथा ज्येष्ठ नागरिक, बसन्तकुमार नेम्वाङ भैतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउनु भएको छ । त्यस्तै मोतिलाल दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावत स्वास्थ्य तथा जनशंख्या राज्यमन्त्री र रामवीर मानन्धर शहरी विकास राज्यमन्त्री नियुक्त हुनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्