जनता टाइम्स

११ मंसिर २०७६, बुधबार १९:२७

अर्घाखाँची बस दुर्घटना अपडेट : १७ जनाको मृत्यु


अर्घाखाँची, मंसिर ११

अर्घाखाँचीको सन्धिखर्कमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सख्या बढेर १७ पुगेको छ । सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको हो ।

सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस नरपानीमा दुर्घटना हुँदा घाइते भएका ७ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा १० जना महिला र ७ जना पुरुष रहेका छन् । घाइतेलाई उपचारका लागि बुटवल पठाइएको छ ।

बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।