जनता टाइम्स

२४ असार २०८२, मंगलवार १०:२२

फुर्केचौरमा रोकीराखेको टिपरमा आगलागी


हेटौंडा, २४ असार । मकवानपुरको हेटौंडा उपमहानगर–१८ फुर्केचौरमा रोकीराखेको टिपरमा आगलागी भएको छ ।

मंगलबार बिहान धरान–चतरा सडकखण्डअन्तर्गत फुर्केचौरमा रोकीराखेको बा.प्र.०३–००१ क ०१९६ नम्बरको टिपरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको हो ।

टिपर सडक छेउमा रोकी चालक र सहचालक चिया खानको लागि टिपरबाट झर्नासाथ खाली टिपरमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

दमकलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको र टिपरको अगाडिको भाग पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

टिपर चालक बकैया–५ बस्ने २६ वर्षीय सन्तोष थिङ प्रहरी सम्पर्कमा रहेको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएको कारण आगो लागेको हुनसक्ने र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।